आक्रामक मूल्यमा नेपाल आयो बजाज एन १५०, यस्तो छ मूल्य

pulsar n150

काठमाडौं । बजाज पल्सर ‘एन १५०’ आक्रामक मूल्य सार्वजनिक भएको छ । कम्पनीले स्पोर्टी १५० सीसी पल्सरको ३ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको हो ।

कम्पनीले स्पोर्टी डिजाइन भएको एन १५० अबको कैही दिन भित्रमै बिक्री सुरू गर्ने भएको हो

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले यो सेग्मेन्टमै आक्रामक मूल्यका साथ पल्सर एन १५० को मूल्य निर्धारण गरेको हो ।

पल्सर एन १५० निकै स्पोर्टी डिजाइन र यो सेग्मेन्टमा नै धेरै फिचर भएको मोटरसाइकल भएको कम्पनीको भनाई छ ।

पल्सर एन १५० मा १४९.६८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १४.३ बीएच पावर तथा १३.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

पल्सर एन १५० मा इन्फिनिटी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, चार्जिङ पोर्ट, एबीएस जस्ता फिचर उपलब्ध छ ।

पल्सर एन १५० को प्रतिस्पर्धी मोटरसाइकल आरटीआर १६० को टप भेरियन्टको मूल्य ३ लाख ७४ हजार ९०० र यामाहा एफजेडएस भी ३ को मूल्य ४ लाख ५ हजार रुपैयाँ रहेको छ ।


Back_to_top