काठमाडौं । बजाजले आज पल्सर एन १२५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले मोटरसाइकल देखाउनु अघि नै नयाँ मोटरसाइकलको तस्बिर बाहिर आएको हो ।
कम्पनीले आज एक कार्यक्रम आयोजना गरेर नयाँ मोटरसाइकल बिक्री सुरु गर्दैछ । सार्वजनिक भएको तस्विर अनुसार नयाँ मोटरसाइकल स्पोर्टी र स्टाइलिस देखिएको छ । हाल बजाजले १२५ सीसीमा पल्सर १२५ स्ट्यान्डर्ड र पल्सर एनएस १२५ बिक्री गरिरहेको छ । अब पल्सर एन रेन्जमा नयाँ बाइक आए पश्चात् १२५ सीसीका तीन मोडल उपलब्ध हुनेछन् ।
यो बाइकमा पल्सर १२५ कै सिंगल सिलिन्डर इन्जिन हुने छ भने फाइभ–स्पिड गियरबक्स रहने छ । साथै, स्लीक एलइडी हेडल्याम्प, शार्प ट्याङ्क श्राउड, स्पोर्टी फ्युल ट्याङ्की डिजाइन, स्प्लिट सिट डिजाइन, बलियो ग्रेब रेल, रियर टायर हगर र पोलिगोनल रियर–भ्यू मिरर उपल्बध हुने छ ।
यसको मूल्य भारतीय बजारमा ९० हजार देखि १ लाख भारतीय रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।


