काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले पल्सर १२५ को नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले बजाज पल्सर १२५ कार्बन फाइबर एडिशन सार्वजनिक गरेको हो ।
कम्पनीले कार्बन फाइबर भर्सनको दुई भेरियन्ट सार्वजनिक गरेको हो । यसमा सिंगल सिट र स्प्लिट सिट अप्सन रहेको छ ।
बजाज अटोले सिंगल सिट अप्सनको मूल्य ८९ हजार २५४ रुपैयाँ र स्प्लिट सिट अप्सनको मूल्य ९१ हजार ६२४ रुपैयाँ निर्धारण गरेको छ । बजाज पल्सर १२५ कम्पनीले नयाँ ग्राफिकका साथै दुई कलर अप्सनमा ल्याएको छ ।
कम्पनीले कार्बन फाइबर एडिशनमा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन् । यसमा १२४.४ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ११.६४ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
नयाँ एडिशन पल्सरमा कम्पनीले क्लासिक पल्सर डिजाइन दिएको छ । यसमा सिंगलपड हेडल्याम्प, मस्कुलर फ्युल ट्याङक, स्प्लिट ग्रयाबरेल, सेमिडिजिटल क्लस्टर लाई पुरानो भर्सनबाट नै लिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डुअल सक सस्पेन्सनलाई निरन्तरता दिइएको छ । त्यस्तै, यसका २४० एमएमको सिंगल डिस्क ब्रेक उपलब्ध छ भने रियरमा ड्रम ब्रेक दिइएको छ ।
कम्पनीले लगातार नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गर्दै आएको छ । केही दिन भित्र नै बजाज पल्सर एन १५० सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

