काठमाडौं । अनाधिकृत साइटमा गएर ओला स्कुटर बुकिङ गर्दा १ हजारभन्दा धेरै ग्राहक ठगिएका छन् । अनलाईन मार्फत ओला इलेक्ट्रीक स्कुटर बुकिङ गर्दा ठगिएको भन्दै ग्राहकहरु पुलिस कहाँ उजुरी गर्न गएका हुन् ।
अहिले इन्टरनेटको माद्यमबाट हुने ठगी बढ्दो क्रममा रहेको छ । यस्तो साइवर क्राइम लट्रीको प्रलोभन, सोसल मिडिया स्क्याम, जव स्क्याम, ओटीपी स्क्यामार्फत हुँदै आएको छ । तर, भारतमा स्कुटर बुकिङ गर्ने नयाँ शैलीको स्क्याम पहिलो पटक भएको हो ।
एउटा गिरोहले ओला इलेक्ट्रीकको फेक वेवसाइट तयार पारेर इलेक्ट्रीक स्कुटरको बुकिङको नाममा पैसा ठगी गरेको पाइएको छ । २० जना पिडितहरुको उजुरीपछि उक्त घटना बाहिर आएको हो ।
पिडितहरुक अनुसार ओलाको स्कुटर बुकिङ गरेर फाइनान्स प्लानमा स्कुटर खरिद गर्न खोज्दा आफुहरु ठगिएको बताएका छन् । उनीहरु पेयूमार्फत अनलाईन पेमेन्ट गरेर स्कुटर कुरेर बसेका थिए । उनीहरुले डाउनपेमेन्ट वापत ३० हजार रुपैयाँ ट्रान्सफर गरेको जनाएका छन् । डाउन पेमेन्ट गरेपश्चात स्क्यामरले डेलिभरिका लागि अतिरिक्त १३ हजार रुपैयाँ लाग्ने बताए पश्चात आफुहरु ठगिएको थाहा पाएको बताएका छन् ।
पिडितहरुको उजुरी दर्ता भएसँगै साइवर क्राइम सेलले पटनाबाट यस्तो स्क्याम भइरहेको पत्ता लगाएर गिरोहका केही ब्यक्तिहरु प्रकाउ गरेको छ । उनीहरुको साथबाट ११४ थान सिम र ७ थान ल्यापटप बरामद भएको जनाइएको छ ।
प्रहरीले २५ वटा ब्याङ्क एकाउन्ट ट्रयाक गरेर ५ करोडभन्दा धेरै रकम कारोवार भएको पत्ता लगाएको छ । प्रहरीका अनुसार यस्तो स्क्याममा देशभर १ हजारभन्दा धेरै ठगी भएको हुनसक्ने अनुमान गरेको छ ।

