काठमाडौं । बजाजले भारतीय बजारमा एबीएस विशेषता सहितको नयाँ पल्सर १५० नियोन बाइक सार्वजनिक गरेको छ । कम्पनीले यसको एक्स सोरुम मूल्य ६४ हजार ९९८ भारु निर्धारण गरेको छ ।
बाइकमा टू भल्व ट्वीन स्पार्क एयर कुल्ड डीटीएस–आई १४९ सीसी, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । जसले १४ एचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्छ । यसको फ्रन्टमा २४० एमएम र रियरमा १३० एमएमको ड्रम ब्रेक लगाइएको छ ।
बजारमा हाल प्रचलित पल्सर १५० क्लासिकलाई नयाँ कलर अप्सनमा उपलब्ध गराएर यसको नाम नियोन राखिएको हो । सो बाइक नियोन रेड, नियोन एल्लो र नियोन सिल्भर गरी तीन सेडमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सबै भेरिएन्टका बाइकको हेडल्याम्प ब्रोज, ब्याज, साइड प्यानल मेस र ग्रयाब रेलमा नियोन हाइलाइट राखिएको छ । नियोन एल्लो एडिसनमा भने पहिलो पटक म्याट सेड राखिएको छ । रङ वाहेक १५० सीसीको सो मोटरसाइकमा कुनै कस्मेटिक परिवर्तन गरिएको छैन । यो बाइक नेपाली बजारमा भने उपलब्ध रहेको छैन ।


