यस्तो छ, टोयोटाको नयाँ मोडल ग्लान्जाको पहिलो भिडियो

काठमाडौं । टोयोटा किर्लाेस्कर मोटर्सले नयाँ ह्याचबाक कार ग्लान्जाको टिजर सार्वजनिक गरेको छ । कम्पनीले मारुती सुजुकी बलेनोलाई आफ्नो व्याचमा निर्माण गरेको यो प्रिमियम ह्याचव्याक कार आगामी जुन ६ तारिखमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले उक्त मोडलको कोडनेम ‘ए–११’ दिएर निर्माण गरिरहेको छ । 

भारतीय बजारमा टोयोटा मोटर्स र मारुती सुजुकीबीच भएको सम्झौँता अनुसार सुजुकीको प्रिमियम ह्याचव्याक कार बलेनो टोयोटाको व्याचमा ‘ग्लान्जा’ नामबाट आउने आउने छ । अधिकांश फिचरहरु बलेनोकै रहने टोयोटा ग्लान्जा ह्याचव्याक कारमा अगाडिको बम्पर, ग्रिल र हेडलाईट भने परिवर्तन हुने अनुमान गरिएको छ ।

भारतको कर्नाटक स्थित टोयोटा प्लान्टमा उत्पादन भइरहेको नयाँ ग्लान्जा कारमा सुजुकी बलेनोको १.२ लिटर के सिरीज पेट्रोल र १.२ लिटर डबलजेट पेट्रोल इन्जिन लगाउने बताइएको छ । दुबै कम्पनीको सहकार्य बमोजिम मारुती सुजुकी एर्टिगा, भिटारा ब्रेजा र सियाज क्रस ब्याजमा निर्माण हुने छन् । यी मोडलको बिक्री भारत र अफ्रिकी बजारमा हुने कम्पनीले जनाएको छ । यसको साथै सुुजुकीले टायोटाको सि–सेग्मेन्ट एमपीभी आफ्नो व्याचमा उत्पादन गर्ने तयारी गरिरहेको छ । 

टायोटा व्याचमा आउने नयाँ ग्लान्जाले बजारमा फक्सवागेन पोलो, हुन्डाई आई–२० र होन्डा ज्याजसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top