छिट्टै बजारमा आउँदै बजाज पल्सरको नयाँ मोडल

काठमाडौं । बजाज अटोले एन सिरिजमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले बजाज पल्सर एन १२५ सार्वजनिक गर्ने तयारी स्वरुप परिक्षण गरिरहेको तस्बीर बाहिर आएको छ ।

बजाजले एकपछि अर्को नयाँ पल्सरको एन सिरिज सार्वजनिक गर्दैछ कम्पनीले यसअघि पल्सर एन २५० र एन १६० सार्वजनिक गरिसकेको छ ।

नयाँ जेनेरेशन पल्सरको सबैभन्दा सस्तो मोडलको रुपमा पल्सर एन १२५ आउन लागेको हो ।

अहिले परिक्षणमा देखिएको पल्सर एन१२५ नै भएको प्रस्टै देखिन्छ । कम्पनीले यसमा एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ११.६ पीएस पावर र १०.८ एनएम टर्क प्रदान गर्छ ।

परिक्षणमा देखिएको पल्सर एन १६० बाट प्रेरित भएको देखिन्छ । कम्पनीले यसमा निकै मस्कुलर फ्यूल ट्याङ्क दिइएको छ भने यसको पछाडिको भाग पूर्णत पल्सर एन १६० जस्तै देखिएको छ । एलइडी टेल लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोल, सिंगल पिस सिट, डबल डिस्क ब्रेक, टेलस्कोपिक फ्रन्ट सस्पेन्स दिएको छ ।

यो मोटरसाइकल २०२२ को अन्त्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको आधिकरिक जानकारी भने कम्पनीले बाहिर ल्याएको छैन् । एन १२५ पल्सरले रेडर १२५सँग प्रतिस्पर्र्धा गर्नेछ ।


Back_to_top