अर्को हप्ता सार्वजनिक हुँदै होपको नयाँ इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । भारतीय न्यू इनर्जी टु ह्वीलर उत्पादक कम्पनी ‘होप इलेक्ट्रीक मोविलिटी’ कम्पनीले नयाँ मोटरसाइकल भारतमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले आगामी सेप्टेम्बर ५ तारिखमा इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो ।

होप इलेक्ट्रीक मोविलिटीले गत मार्च महिनामा नै आफ्नो पहिलो मोडल ‘होप ओएक्सओ’को प्रि-बुकिङ खुल्ला गरेको थियो । कम्पनीले होप ओक्सओ मोटरसाइकल बुकिङ गर्दा ९९९ भारतीय रुपैयाँ अग्रिम भुक्तानी लिएको थियो । अहिलेसम्म ५ हजार यूनिट बुकिङ रहेको कम्पनीले जनाएको छ ।

यामाहा एफजेड एफआईबाट प्रेरित रहेको यो मोटरसाइकलमा एफजेड भर्सन २.० को जस्तै हेडलाइट दिइएको छ । इन्धन ट्याङ्क जस्तै बनाएर ब्याट्री राखिएको मोटरसाइकल निकै मस्कुलर देखिएको छ । ट्याङ्कको अगाडि भागमा एलइडी डे टाइम रनिङ लाइट दिइएको छ ।

कम्पनीले यो मोटरसाइकलमा दिइएको टेक्नीकल डिटेल केही बाहिर ल्याएको छैन । दुबै चक्कमा डिस्क ब्रेक, अगडि टेलिस्कोपीक र पछाडि ड्यूल शक दिइएको छ । यसको विस्तृृत विवरण थाहापाउन भने सेप्टेम्बर ५ तारिखसम्म कुर्नु पर्ने हुन्छ ।


Back_to_top