काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारी बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज सर्भिस सेन्टर राति पनि संचालनमा ल्याउने भएको छ ।
‘अमूल्य छ तपाईको समय’ ट्यागलाईन दिइएर सुरु गरिएको सेवा अफिस समयपछि उपभोक्ताले प्रयोग गर्न सक्ने छन् । यसरी रातिको समयमा सर्भिसिङको लागि छाड्ने मोटरसाइकल बेलुका ५ बजेदेखि साँझ ७ः३० सम्ममा सर्भिस सेन्टरमा पुर्याउनु पर्ने छ ।
सोही राति नै डेलिभरी लिन चाहने ग्राहकले राति १० बजेपछि आफ्नो सवारी साधन लान सक्ने छन् भने, लान नभ्याउने ग्राहकले भोलीपल्ट बिहान १० बजेदेखि लनसक्ने छन् ।
नाता विस्वासको स्लोगनसहित बजाजको आधिकारीक बिक्री, सेवा र स्पेयरपार्टस उपलब्ध गराँउदै आइरहेको कम्पनीले बजाजको टोलफ्री नम्बर (१६६००१७५५५५)समेत उपलब्ध गराउँदै आइरहेको छ ।


