बजाज-ट्राइम्फले ल्यायो दुई मोटरसाइकल

काठमाडौं । भारतीय ब्राण्ड बजाज र बेलायती ब्राण्ड ट्राइम्फको सहकार्यमा भारतमा निर्माण भएको पहिलो मोटरसाइकल सार्बजनिक भएको छ ।

कम्पनीले नयाँ मोटरसाइकलको विषयमा आधिकारिक जानकारी दिएको हो । कम्पनीको सबैभन्दा सानो क्षमतामा बनेका स्पीड ४०० र स्क्रयाम्वलर ४०० गरी दुई मोडल एकसाथ ल्याएको हो ।

कम्पनीले दुबै मोडलमा एउटै ३९८ सीसी क्षमताको डिओटिएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७.५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।

कम्पनीले दुबै मोटरसाइकलमा समान फिचरहरु दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड वाई वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडि पाउन सकिन्छ ।

त्यसैगरी यी मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी स्क्रिन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पुरै एलइडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर छन् ।

स्पीड ४०० मा बार इन्ड मिरर, सिंगल टिप एगजस्ट र सिंगल सीट दिइएको छ भने स्क्रयाम ४०० मा ग्रील टेलर हेन्डलबार, नक्कल गार्ड, स्क्रयाम्वलर स्टाइल डिजाइनमा ट्वीन टीप एग्जस्ट र स्प्लीट सीट रहेको छ ।

कम्पनीले यी दुबै मोटरसाइकलको मूल्य भने सार्बजनिक गरेको छैन । आउँदो जुलाई महिनाबाट यसको बिक्री सुरु हुनेछ ।


Back_to_top