अछाममा बजाजले खोल्यो नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम शुभेच्छा ट्रेडर्स एंड सप्लायर्सको उद्घाटन गरेको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने दुई पाङ्ग्रे सवारी ब्राण्ड बजाजले सेल्स, सर्भिस र स्पेयर्स को उपलब्धता देशभर गराउने उद्देश्यले अछाममा नयाँ शोरुम संचालनमा ल्याएको जनाएको छ । शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स अछामका प्रोपराइटर भरत खड्का हुन् ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको दाबी गरेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी अछाममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहेका छन् । ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अछाममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको थियो ।


Back_to_top