फिदिममा खुल्यो बजाजको नयाँ शोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले ‘समृद्धि एण्ड ब्रदर्स प्रालि’ को नामबाट नयाँ शोरुम खुलेको हो ।

नेपालमा सबैभन्दा धेरै दुई पाङ्ग्रे सवारीसाधन विक्री गर्ने ब्राण्ड बजाजले आफ्नो नेटवर्क विस्तार गर्ने रणनीति अनुसार सेल्स, सर्भिस र स्पेयर्स पार्टस् सहितको नयाँ शोरुम फिदिममा संचालनमा ल्याएको जनाएको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको भन्दै कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजले आफ्नो विक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ ।’

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी फिदिममा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । फिदिममा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’


Back_to_top