काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुरको बालकुमारीमा नयाँ शोरुम संचालनमा ल्याउने भएको छ । आउँदो आइतबारबाट उक्त नयाँ शोरुम संचालनमा आउने कम्पनीले जनाकारी दिएको हो ।
आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा लगानी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट-अफ-आर्ट’ शोरुम निर्माण गरेको जनाएको छ । कम्पनीले नयाँ शोरुमको उद्घाटन अनलाइनबाट गर्ने जनाएको छ । ‘लन्च सेरेमोनी’ फोटन मोटर नेपालको फेसबुक, इन्टाग्राम र युट्युब च्यानलमा आइतबार दिउँसो १ बजे प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपालमा फोटनको ‘ठूलो योजना’अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट सञ्जाल विस्तार गर्ने योजना बनाएको छ ।
फोटन चीनको चर्चित कमर्शियल भेहिकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो । फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटनका पिकअप र भ्यान विक्रीवितरण गर्दै आएको छ ।

