काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा ग्रुपले एक्स्चेन्ज अफर ल्याएको छ । जगदम्बाले नगद तथा एक्स्चेन्जमा थप मूल्याङकन सहितको स्कीम ल्याएको हो ।
यो एक्स्चेन्ज अफरमा ग्राहकले कुनैपनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको नयाँ स्कुटर तथा मोटरसाइकल एक्स्चेन्ज गर्न सक्नेछन् ।
एक्सचेन्ज मार्फत स्कुटर खरिद गर्दा स्कुटरमा थप १२ हजार मूल्याङकन र मोटरसाइकल खरिद गर्दा १५ हजार थप मूल्याङकन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरि क्यासमा मोटरसाइकल किन्दा ग्राहकले मोटरसाइकलमा १० हजार र स्कुटरका ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै मार्भल एडिशनको स्कुटरमा भने ५ हजार रुपैयाँ मात्र छुट रहेको छ ।
यसका अवाला ग्राहकले यो योजनामा शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । यो स्कीममा ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर अधिकतम १८ महिनाको किस्तामा बाकि रकम चुक्ता गर्नु पर्ने हुन्छ ।
यो योजना टीभीएसको नेपालभर रहेको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


