बाइकमा मोटो टायर प्रयोग गर्दा कस्ता फाइदा कस्ता बेफाइदा ?

काठमाडौं । आजकल युवामाझ आफ्नो बाइकलाइ आकर्षक देखाउने होडबाजिनै चल्ने गर्छ । आफ्नो बाइकको लुक्स चेन्ज गर्नकालागी मोडिफाइ गर्ने ट्रेन्डनै रहेको छ । बाइकलाइ मोडिफाइ गर्दा टायर सबै भन्दा महत्वपूर्ण पाटर्स हुन्छ । बाइकमा ठुलो टायर प्रयोग गर्दा जुनसुकै बाइकको पनि स्र्पोटि लुक्स आउँछ । यसकारण पनि बाइक मोडिफाइ गर्दा टायर महत्वपूर्ण हुने गर्छ । बाइकमा मोटो तथा ठुलो टायर प्रयोेग गर्दा यसका फाइदा तथा बेफाइदाहरु रहेका छन् ।

बाइकमा कुन साइजको टायर प्रयोग गर्ने भन्नेकुरा बाइकको इन्जिन क्षमतामा निर्भर गर्ने गर्छ ।  यदि बाइक १०० सिसि वा १२५ सिसिको छ भने यसमा मोटो टायर प्रयोग गर्दा बाइक लुक्स स्पाेर्टी त देखिन्छनै साथमा सडकमा टायरको ग्रिप पनि राम्रो हुन्छ  ।

तर, मोटो टायर प्रयोग गर्दा थोरै सीसीका बाइककाे माइलेजमा धेरैनै गिरावट आउँछ किनकि मोटो टायरकाे तौल धेरै हुने गर्छ । १०० वा १२५ सिसिका बाइकमा मोटो तथा ठुलो टायर प्रयोग गर्दा बाइकको इन्जिनमा समेत असर गर्ने हुन्छ ।  यसकारण थोरै सीसीका बाइकमा मोटो तथा ठुलो टायर प्रयोग गर्दा स्पोर्टी लुक्स त आउछ तर बाइकको प्रदर्शनमा धेरै गिरावट आउछ । 

१५० सीसीभन्दा माथि सीसीका बाइकहरुमा आजकल मोटो टायर प्रयोग गर्ने गरेको पाइन्छ । धेरै जसो बाइकका जानकारहरु बाइकमा ठुलो तथा मोटो टायर प्रयोग नगर्न सल्लाह दिन्छन् । बाइकमा आउने टायर बाइकको बनावट,माइलेज तथा इन्जिन क्षमतालाइ सुहाउँदो कम्पनीले प्रयोग गर्ने गर्छ । 

टायर ट्युव लेस तथा ट्युव गरी दुई प्रकारको हुन्छ । पैसाको हिसाबले ट्युवलेस टायर केहि महंगो भएता पनि यसका धेरै फाइदा रहेका कारण आजकल अत्याधिक ट्युवलेस टायर प्रयोग हुने गरेको छ ।

ट्युवलेस टायरले सडकमा राम्रो ग्रिपका साथ काम गर्छ । पंक्चर हुने सम्भावना कम हुन्छ । यदि टायरमा हावाको मात्रा कम भएमा पनि यसमा प्रयोग भएको बिशेष प्रकारको लिक्वुडले बाइक चलाउदै जाँदा हावा पनि बढ्दै जाने हुन्छ ।

टायरको खरिद गर्दा सधै आफ्नो बाइको क्षमतालाइ मध्यनजर राखेर खरिद गर्नुपर्छ । टायरको उत्पादन मिति राम्रोसँग हेरेर सधै आधिकारी पसलबाट खरीद गर्दा नक्कली सामानबाट बच्न सकिन्छ ।  


Back_to_top