रामपुर, पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडकखण्डको वैकल्पिक मार्ग झुम्सा चौकीभञ्याङ देवदह चरङ्गेको नयाँ ट्रयाक खुलेको छ । आगामी आवभित्र यस सडकलाई डबल लेनको रुपमा स्तरोन्नति गरिने भएको छ ।
वैकल्पिक सडक निर्माणको लागि तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाले १० लाख लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले पाँच लाख र देवदह नगरपालिका रुपन्देहीले १० लाख गरी एक करोड १० लाख रूपैयाँ लागतमा बाटोको ट्रयाक खोलिएको तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए ।

