बेनेलीको नयाँ बाइक बीएन-१२५ भारतमा आउँदै, केटीएम ड्युक-१२५ सँग प्रतिस्पर्धा

इटालीयन बाइक निर्माता कम्पनी बेनेलीले भारतीय बजारमा १२५ सीसी सेग्मेन्टमा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले केही महिनामा नै बीएन–१२५ लाई सार्वजनिक गर्ने जनाएको हो  ।

बीएन–१२५ कम्पनीको लेटेस्ट इन्ट्री–लेभल नेकेड बाइक हो । जसलाई इटालीको मिलानमा सम्पन्न २०१७ को इआसीएमए मोटरसाइकल शोमा कम्पनीले सार्वजनिक गरेको थियो । 

कम्पनीले बीएन–१२५ मा ३५ एमएम अपसाइड डाउन फर्क र रियरमा एडजस्टेवल मोनोशक सस्पेन्सन सेटअप दिएको छ । थ्री–पिस्टन क्यालीपरको साथै कम्पनीले यसको फ्रन्टमा २० एमएम डिस्क दिइको छ भने, रियरमा २४० एमएम डिस्क ब्रेक दिएको छ ।  

यस बाइकमा कम्बी ब्रेकिङ टेक्नोलोजी (सीबीएस)को प्रयोग गरीएको छ । यस बाइमा एबीएस सुविधा भने उपलब्ध छैन । यस बाइकमा स्टील ट्रेलीस फ्रेम दिइएको छ । 

बीएन–१२५ मा १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । जसले ११ बीएचपी पावर र १० एनएम टर्क उत्पादन गर्छ ।  यसमा ५–स्पीड गियरबक्स जडान गरिएको छ । कम्पनीका अनुसार बीएन १२५ ले केटीएमको  डुक १२५ सँग प्रतिस्पर्धा गर्नेछ । 


Back_to_top