बेनेलीका मोटरसाइकल किन्दा गोप्रो उपहार

काठमाडौं । बेनेलीका मोटरसाइकल तथा स्कुटरमा फेस्टिभ स्कीम आएको छ । चाडपर्वको मुखमा कम्पनीले ग्राहकमैत्री स्कीम ल्याएको हो ।

आउँदै गरेको दशैं तिहार र छठको अवसर पारेर नयाँ स्कीम ल्याएको आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तीमा बेनेलीका मोटरसाइकल तथा स्कुटरमा ‘दशैं तिहारको बहार, नगद नै नगद उपहार’ नाम दिएर स्कीम ल्याएको हो ।

यस स्कीम अन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्रयाच कुपन मार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् ।

त्यसैगरी, हरेक हप्ता लक्की ड्र मार्फत एकजनालाई बेनेलीको राइडिङ ज्याकेट दिने कम्पनीले जनाएको छ । यसका अलावा ग्राहकले लक्की ड्र मार्फत नै प्रत्येक महिना गो प्रो हिरो ११ उपहार जित्न सक्ने छन् ।

नेपालभरका बेनेलीको आधिकारीक शोरुमहरुमा ग्राहकले मोटरसाइकल तथा स्कुटर खरिद गर्दा यो स्कीम पाउने कम्पनीले जनाएको छ ।


Back_to_top