बोशले नेपालमा आफ्नो सर्भिस थप बलियो बनाउँदै

काठमाडौं । नेपाल प्रवेशको एक वर्षभन्दा बढी भएको बोशले नेपालमा ब्यवसायीक संभावना खोजेको र त्यसलाई पुरा गर्न प्रतिवद्ध रहेको बताएको छ । जर्मन ब्राण्ड बोश प्रविधि र सेवाको लागि विश्कै अग्रणी कम्पनी मानिन्छ ।

पहिलो पटक नेपाल भ्रमणमा आएका बोश इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्दापुरले आफ्नो नेपाल योजनाको विषयमा कुरा गर्दै यहाँको आवश्यकता आफुले बुझेको र त्यहि अनुसार काम गर्ने बताए ।

उनले भने, ‘नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता भएको अद्वितीय बजार हो । यो बजारमा बोशले आफुलाई बलियो बनाउन चाहेको छ । हामीले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं ।’

सन् २०२२ मे महिनामा सम्पर्क कार्यालय खोलेपछि बोशले अटोमोटीभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको छ ।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र संजाल विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस (बीडीएस) साझेदारहरुको भेला आयोजना गरेको छ । उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले अहिलेको अवस्थाको विषयमा भने, ‘अटोमोटीभ सेग्मेन्टमा बोशले यसअघि नै तीन हजारभन्दा बढीको नेटवर्क निर्माण गरेको छ । हामी हरेक प्रदेशमा विस्तार भइसकेको छौं । हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं । यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मद्दत गर्नेछ ।’

उनका अनुसार बोशले मोबिलिटी बाहेक नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ । विक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।


Back_to_top