१२५ सीसीका दुई स्कुटर, मूल्य र फिचरमा यस्ता छन् फरक

काठमाडौं । दुई प्रिमियम ब्राण्ड बेनेली र भेष्पाले उत्पादन गरेका दुई स्कुटर नेपाली बजारमा बिक्री हुँदै आएको छ । दुबै इटालियन ब्राण्ड हुन् ।

भेष्पा ब्राण्ड भिमसरिया ग्रुप अन्तर्गतको डेल्टा अटोकर्पले दुगड ग्रुपबाट खोसेर नयाँ एजेन्सी लिएको हो । केटीएम इन्टरनेशनले बेनेलीका मोटरसाइकल तथा स्कुटर बिगतदेखि नै बिक्री गर्दै आएको छ ।

प्रिमियम स्कुटर, पावर फुल इन्जिन तथा क्लासीक लुकका बावजुद पनि यी दुबै कम्पनीका स्कुटरले सोचेजस्तो ब्यापार गर्न सकेका छैनन् । घट्दो बजारमागको कारण पनि यी दुबै मोडलको बिक्री कमजोर भएको हो ।

यी दुबै प्रिमियम ब्राण्ड बनेर आएपनि भारतमा उत्पादन हुने यामाहा, टीभीएस, होन्डा, हिरो, सुजुकी जस्ता ब्राण्डले १२५ सीसी सेग्मेन्टमा उत्कृष्ट मोडलहरु ल्याएको कारण पनि भेष्पा र बेनेलीका स्कुटरको क्रेज बन्न नसकेको हो ।

यद्यपि, प्रिमियम ब्राण्ड हेरेर स्कुटर किन्न चाहनेको लागि सहज होस् भनेर हामीले बेनेली पेनेरिया १२५ र भेष्पा नोट्टे १२५ कस्ता छन् भनेर तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।

इन्जिन

भेष्पा नोट्टे १२५ मा १२५ सीसी कार्बोरटेड, थ्री भल्व सिंगल सिलिन्डर इन्जिन दिइएको छ । जसले ७२५० आरपीएममा ९.६ बीएचपी पावर र ६२५० आरपीएममा ९.९ एनएम टर्क उत्पादन गर्छ ।

बेनेली पेनेरिया १२५ मा १२५ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, एफआई इन्जिन छ । यो इन्जिनले ७५०० आरपीएममा अधिकतम ८.५ पीएस पावर जेनेरेट गर्छ भने ६००० आरपीएममा अधिकतम ९.२ एनएम टर्क जेनेरेट गर्छ ।

यी दुबै स्कुटर ९० किलोमिटर प्रतिघन्टाको स्पीडमा गुड्न सक्छन् ।

ब्रेकिङ

पेनेरियामा १२५ मा १२ इन्चको अलोय ह्वील रहेको छ भने यसको अगाडि डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक उपलब्ध छ । भेष्पाको अगाडि ११ र पछाडि १० इन्चको ह्वील उपलब्ध छ भने, यसमा दुबै तर्फ ड्रम ब्रेक छ ।

यी दुबै स्कुटरमा समान १५५ एमएमको ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

इन्धन र माइलेज

भेष्पा नोट्टे १२५ मा ६.५ लिटर क्षमताको इन्धन ट्याङ्क उपलब्ध छ भने पेनेरिया १२५ मा ४.६ लिटर क्षमताको इन्धन ट्याङ्क छ । बेनेलीले ५० किलोमिटर माइलेज दावी गर्छ भने भेष्पाले ६० किलोमिटर माइलेज दावी गर्छ ।

फिचर

भेष्पा नोटेमा एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, एनालग ओडोमिटर/स्पीडोमिटर, कोम्वी ब्रेकिङ सिस्टम जस्ता फिचर पाउन सकिन्छ । तर, बेनेली स्कुटरमा भने फिचर धेरै पाउन सकिन्छ ।

बनेली प्यानेरिया १२५ मा फुल एलइडी हेडलाइट, स्ट्यान्ड सेन्सर, एलइडी इन्डिकेटर लगायत फिचर्स पेनेरियामा दिइएको छ । युएसवी चार्जीङ पोर्ट डिजिटल कन्सोल जस्ता फिचर प्यानेरियामा उपलब्ध छ ।

मूल्य

बेनेलीले ३ लाख ३४ हजार ९०० रुपैयाँमा विक्री गर्दै आएको यो स्कुटरको मूल्य घटाएर २ लाख ९९ हजार ९०० रुपैयाँ कायम गरेको छ । त्यस्तै भेष्पा नोट्टेको मूल्य ३ लाख १ हजार ९४६ रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।


Back_to_top