काठमाडौं । बेनेलीको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य वृद्धि भएको छ । कम्पनीले टीएनटी १५ को मूल्य ७ हजार ५ सय रुपैयाँले बढाएको हो ।
यस्तै कम्पनीले टीएनटी सिरिजकै टीएनटी १५आइको मूल्य भने ५ हजार रुपैयाँले घटाएको छ । यसअघि बेनेली टीएनटी १५ को मूल्य २ लाख ३० हजार रहेको थियो भने हाल यसको मूल्य बढेर २ लाख ३७ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरि टीएनटी १५ आईको मूल्य यस अघि ३ लाख २० हजार रुपैयाँ रहेको थियो भने हाल घटेर ३ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२.०६ बीएच पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
टीएनटी-१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध छ । यस बाइकको तौल १४० केजी रहेको छ ।
बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
साथै, कम्पनीले टीएनटी-१५० आईपनि बिक्री हुदै आएको छ । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएच पावर उत्पादन गर्छ ।

