काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको सस्तो बाइक टीएनटी–१५० को प्रि–बुकिङ्ग खुल्ला गरेको छ । बेनेलीको सबैभन्दा सस्तो बाइकलाई बुकिङ्ग गर्न ग्राहकले २० हजार रुपैयाँ तिरे पुग्नेछ ।
कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा सार्वजनिक गर्ने जनाएको छ । जसमा फ्युल इन्जेक्टेड र कार्बोरेटर भर्सनमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कार्बोरेटर भर्सको मूल्य २ लाख ३० हजार र एफआइ भर्सनको मूल्य ३ लाख २० हाजर तोकिएको छ ।
इटालीयन चर्चित बाइक बेनेली टीएनटी–१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन् । यसको आधिकारीक बिक्री यही जनवरीमा गर्ने केटीएम इन्टरनेशनलले जानकारी दिएको छ ।
मूल्यका हिसाबले सस्तो रहेको यो बाइक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।
नेपाली बजारमा टीएनटी–१५ रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । यस बाइकको तौल १४० केजी रहेको छ ।
बेनेली टीएनटी–१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२।०६ बीएचपी पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५(स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।
यस बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
साथै, कम्पनीले टीएनटी–१५० आईपनि सार्वजनिक गर्न लागेको छ । यी दुबै बाइकलाई एकै दिन सार्वजनिक गर्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो । १४९.५ सीसी क्षमताको यो बाइकले १४ बीएचपी पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


