तीन महिना भित्र नेपाली बजारमा आउँदै केटीएम ड्यूक-१२५

काठमाडौं । अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले उत्पादन गरेको आफ्नो पछिल्लो उत्पादन केटीएम ड्यूक–१२५ मार्चमा नेपाली बजारमा आउन सक्ने अनुमान गरिएको छ । 

केटीएमको नेपालको लागि आधिकारीक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी स्राेतले उक्त बाइक नेपाली बजारमा ल्याउने तयारी भैरहेको जानकारी दिएकाे छ ।  

कम्पनीको इन्ट्री लेवल सेग्मेन्टको ड्यूक–१२५ भारतीय बजारको मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ रहेको छ । तर, नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने अझै टुङ्गीएको छैन । 

ड्यूक–१२५ मा कम्पनीको अत्याधिक रुचाईएको मोडल डूक–३९० र डूक २०० मा प्रयोग भएका अधिकांश फिचरहरु उपलब्ध छ । जसमा इन्स्ट्रुमेन्ट क्लस्टरका लागि टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर, ड्यूल च्यानल एबीएस डूक–१२५ मा उपलब्ध छ । मोटरसाइकलको सिटको हाइट ८१८ मिलिमिटर रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । 

कम्बी ब्रेकिङ्ग सिस्टममा आउने यस बाइकमा १२४.७ सीसी, सिङ्गल सिलिन्डर, फोर–भल्भ, लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड डीओएचसी इन्जिन लगाइएको छ । यसमा लगाइएको इन्जिनले १५ बीएचपी पावर र १२ एनएम–टर्क जेनेरेट गर्छ । यसमा सिक्स–स्पीड ट्रान्समिसन जडान गरिएको छ । यसको फ्रन्टमा ४३ मिलिमिटरको फर्क लगाइएको छ भने, रियरमा मनोशक सेटअप लगाइएको छ ।

साथै, फ्रन्ट डिस्क–ब्रेक ३०० मिलिमिटर रहेको छ भने, २३० मिलिमिटर रियर डिस्क–ब्रेक दिइएको छ ।


Back_to_top