बीजीका दुई नयाँ इलेक्ट्रीक स्कुटर बिक्री सुरू, मूल्य २.२८ लाखदेखि

काठमाडौँ । नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ब्राण्ड ‘बिगस (बीजी) इलेक्ट्रीकका दुई नयाँ स्कुटर बिक्री सुरु भएको छ ।

अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटोइन्क प्रालिले हिजोदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा बीजी आरयूभी ३५० र बीजी सी १२ इलेक्ट्रीक स्कुटर बिक्री सुरु गरेको हो ।

कम्पनीले दुवै स्कुटर दुई दुई भेरियन्टमा सार्वजनिक गरेको हो । कम्पनीले आरयूभी ३५० आइईएक्सको मूल्य २ लाख ७९ हजार ४०० रुपैयाँ र आरयूभी म्याक्सको मूल्य ३ लाख २५ हजार ३०० रुपैयाँ तोकेको छ ।

त्यस्तै, बीजी सी १२ आइईएक्सको मूल्य २ लाख २८ हजार ४०० रुपैयाँ र सी १२ म्याक्स ३.० को ३ लाख ४ हजार ९०० रुपैयाँ तोकेको छ ।

यी स्कुटर उच्च पर्फमेन्स दिने, सुरक्षात्मक विशेषताहरू र प्रविधिले भरिएको हुनाले सहरी तथा दैनिक यात्राका लागि नयाँ विकल्प भएको कम्पनीको भनाइ छ ।

बीजी आरयूभी ३५० ले राइडर युटिलिटि भेहिकलको रूपमा स्कूटर र बाइक दुवैको विशेषताहरूलाई समायोजन गर्दछ । १६ इन्चको ठूलो एलोय ह्विल्स, १६० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स, ट्युब्युलर चेसिस फ्रेम र फुल मेटल बडीसहित, यो स्कुटर मजबूती र स्टाइल दुवैमा अगाडि छ ।

यसमा १६५ न्युटनमिटरको पिक टर्क, ७५ किलोमिटर प्रतिघण्टा टप स्पीड, र १८ डिग्री ग्रेडेबिलिटी प्रदान गर्ने पीएमएसएम इनह्वील हाइपरड्राइभ मोटर, क्रुज कन्ट्रोल, हिल होल्ड, विभिन्न राइडिङ मोड्स, आइपी ६७ रेटेड मोटर र ब्याट्रीजस्ता प्रविधिले यसलाई सुरक्षित र स्मार्ट बनाएको छ ।

सहजता, सुरक्षा र स्टाइलको संयोजन रहेको बीजी सी १२ मा फराकिलो लेगरुम र सिट, २३ लिटरको अन्डरसिट स्टोरेज, ने १२.७ सेमी टिएफटि स्मार्ट डिस्प्ले, युएसबी चार्जिङ, राइडिङ मोड्स (इको, राइड, स्पोर्ट) र रिभर्स मोड स्विचजस्ता स्मार्ट सुविधाहरू उपलब्ध छन् ।

यसमा रहेको एयर-कुल्ड ब्याट्री म्यानेजमेन्ट सिस्टम, आइपी ६७ रेटेड लिथियम आयन ब्याट्री सेल, र ३ वर्षको ब्याट्री वारेन्टीले थप सुरक्षा र विश्वास सुनिश्चित गर्छ ।


Back_to_top