४५० एमटीको सफलतापछि सीएफमोटो दुई नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य साढे १३ लाखसम्म

काठमाडौं । सीएफमोटोको ४५० एमटीले सफलता पाएसँगै नेपाली बजारमा दुई नयाँ मोडलका मोटरसाइकल सार्वजनिक गरेको छ ।

सीएफमोटो मोटरसाइकल तथा जिहो इलेक्ट्रीक स्कुटरको आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले नेकेड स्पोर्टस र स्पोर्टस् डिजाइनको दुई मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले हिजाेदेखि सुरू भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सीएफमोटो ३०० एनके र ४५० एसआरएस सार्वजनिक गरेको हो ।

नेकेड स्पोर्टस डिजाइनको सीएफमोटो ३०० एनकेमा २९२ सीसी सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो इन्जिनले २८.८ बीएच पावर तथा २५.३ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा प्रिमयम फिचरहरू डबल च्यानल एबीएस, स्लिपर क्लच, इन्भर्टेड टेलिस्कोपिक सस्पेसन/मोनोशक सस्पेन्सन पाउन सकिन्छ । कम्पनीले यसको परिचयात्मक मूल्य ६ लाख ५४ हजार ९०० रुपैयाँ तोकेको छ ।

त्यस्तै, स्पोर्टस मोडल ४५० एसआरएसमा ४४९.५ सीसी ट्वीन सिलिण्डर इनलाइन, लिक्वीड कुल्ड, ४ स्ट्रोक, डीओएचसी इन्जिन रहेको छ । यो इन्जिनले पावरफुल ५० बीएच पावर र ४० एनएम टर्क जेनेरेट गर्छ । यसमा पनि प्रिममिय मोटरसाइकलमा हुने स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, एबीएस, ६ स्पीड गियर बक्स, गोल्डेन यूएसडी फर्क लगायतका फिचर उपलब्ध छ ।

कम्पनीले यसको परिचयात्मक मूल्य १३ लाख ४९ हजार ९०० रुपैयाँ तोकेको छ ।

५० हजार रुपैयाँसम्म छुट पाउने

कम्पनीले नाइमा मोबिलिटी एक्स्पोको अवसरमा ‘सीएफमोटो जिहो अफरको वर्षा’ स्कीम समेत सार्वजनिक गर्ने भएको छ ।

यो अफर अन्तर्गत ग्राहकले नाइमा मोबिलिटी एक्स्पो अवधिभर सीएफमोटोरजिहो ब्रान्डका मोटरसाइकल स्कुटरको खरिदमा ५० हजार रुपैयाँसम्म नगद छुटका साथै कस्टमर प्रिभिलेज कार्ड प्राप्त गर्नेछन् । कम्पनीले सेलेक्टेड मोडलमा ५ वर्षसम्मको वारेन्टी समेत उपलब्ध गराउने जनाएको छ ।

यो अवधिमा कम्पनीको प्रिमियम अफरोड एड्भेन्चर मोडल ४५० एमटी खरिद तथा बुकिङ् गर्दा प्रिमियम हेलमेटका साथै २५ हजार बराबरको एसेसरिज समेत निःशुल्क पाउने छन् ।

ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा मोटरसाइकल बिक्री तथा बिक्री पछिको सेवामा आक्रामक विस्तार गर्दै गइरहेको छ ।

कम्पनीले अघिल्लो वर्ष नाडा अटो शोमा सार्वजनिक गरेको ४५० एमटी निकै लोकप्रिय एड्भेन्चर टूरर मोटरसाइकल हुन सफल भएको छ । कम्पनीले विभिन्न राइड कार्यक्रमहरू समेत आयोजना गर्दै टुरिङ कल्चर तथा आन्तरिक पर्यटन प्रवद्र्धनको काम समते गरिरहेको छ ।


Back_to_top