काठमाडौं । जर्मन ब्राण्ड फक्सवागेनका दुई पावरफुल पेट्रोल कार नेपाली बजारमा सार्वजनिक भएको छ ।
नेपालका लागि फक्सवागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा भर्टुस जीटी सेडान र नयाँ टाइगुन एसयूभी सार्वजनिक गरेको हो ।
टाइगुनको मूल्य ८९ लाख र टप भेरियन्टको ९३ लाख रुपैयाँ तोकेको छ । त्यस्तै, भर्टुसको म्यानुअलको ८४ लाख रुपैयाँ र अटोमेटिकको मूल्य ८९ लाख रुपैयाँ तोकेको छ ।
यी दुवै गाडीमा यस सेग्मेन्टकै सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीमा ग्राहकले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति गर्न पाउने छन् ।
भर्टुस र टाइगुन दुवैमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सीसीको इन्जिन छ । यसले १५० हर्ष पावर शक्ति दिन्छ ।
दुवै कारले विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा ५ स्टार रेटिङ पाएका छन् । जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।
भर्टुसको ग्राउण्ड क्लियरेन्स १८० एमएम र टाइगुनको १८८ एमएम छ । बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा यी गाडी शहरी वा ग्रामीण क्षेत्र दुवै सडकमा चलाउन सकिन्छ ।
दुवै कारमा सेभेन स्पिड गियरबक्स, ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल छ ।

