साउन २५ देखि फोटोनको मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै

काठमाडौं । फोटोन टोटल केयरले साउने २५ गतेदेखि मेगा मनसुन सर्भिस क्याम्प संचालन गर्ने भएको छ ।

कम्पनीले एमएडब्लू वृद्धिसँगको साझेदारीमा उक्त क्याम्प संचालन गर्न लागेको हो ।

कम्पनीले वर्षायाममा फोटोनका सवारी साधनमा आउनसक्ने चुनौती समाधान गर्न, आवश्यक मर्मत सम्भार गर्न क्याम्प संचालन गर्न लागेको हो ।

कम्पनीका अनुसार यस सर्भिस क्याम्पमा फोटोन सवारीहरूको निःशुलक चेकजाँच हुनेछ । कम्पनीले सवारीको बम्परदेखि बम्परसम्म चेकजाँच गर्ने भएको छ ।

यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रीक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ।

त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजिङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्याउँछ।

साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा कम्पनीले स्पेयर पाट्र्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५प्रतिशत छुट दिएको छ ।

यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ समेत गर्न सक्नेछन् ।


Back_to_top