हिजो साँझ भएको बेग्लाबेग्लै दुर्घटनामा ६ जना घाइते

मोरङ । मोरङको विभिन्न स्थानमा शनिबार साँझ भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

पथरी–शनिश्चरे नगरपालिका ९ महेन्द्र चोकमा शनिबार साँझ ५ बजे को १४ प २२५३ नम्बरको मोटरसाइकलले साइकललाई जोगाउने क्रममा दुर्घटना  हुँदा तीन जना घाइते भएका हुन् । 

घाइते हुनेमा मोटरसाइकलका चालक पथरी–४ बस्ने रविन कार्की, पछाडि सवारी पथरी–८ बस्ने भुपेन्द्र कार्की तथा साइकलयात्री पथरी–९ बस्ने राम धिमाल रहेका छन्। घाइते तीनै जनाको अवस्था सामान्य रहेको बिराटनगर प्रहरीले जनाएको छ । 

यसैगरी बुढीगंगा गाँउपालिका ३ कोशी राजमार्गमा मोटरसाइकलले ठक्कर दिएर स्थानीय पैदलयात्री बिरु सरदार घाइते भएका छन्। सरदारलाई शनिबार राती ८ बजेतिर उत्तरबाट दक्षिणतर्फ जादै गरेको नम्बर खुल्न नसेको मोटरसाइकलले ठक्कर दिएर फरार भएको हो। 

यस्तै लेटाङ नगरपालिका ४ स्थित भित्री सडक खण्डमा ट्याम्पु दुर्घटना हुँदा चालक लेटाङ नगरपालिका ९ बस्ने सोमकुमार लिम्बु घाइते भएका छन्। 

यता सुन्दर–हरैचा नगरपालिका ४ गछिया चोकमा राती पौने ९ बजेतिर को २५ प ८४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका  चालक मोरङ विराटनगर महानगरपालिका ४ बस्ने अजय चौधरी घाइते भएका छन्। 


Back_to_top