कुन सवारी साधनमा कत्रो नम्बर प्लेट राख्ने ? यस्तो छ नियम

यातायात व्यवस्था ऐन २०४९ ले सवारी साधनमा प्रयोग हुने नम्बर प्लेटको साइज निर्धारण गरेको छ । 

उत्त एनको अनुसुची २ अनुसार ठूलो र मझौला सवारी साधनको हकमा नं प्लेटको हकमा १४/८ इन्चको, साना चार पाङ्गे सवारी साधनको हकमा १२/७ इन्चको, तिनपाङ्गे सवारी साधनको हकमा १०/७ इन्चको र दुइपाङ्गै सवारी साधनको हकमा ८/५ इन्च हुनु पर्नै छ ।

नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३ इन्च अग्लो र १/२ मोटो, साना चार पाङ्गे तथा तिन पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो र १/२ इन्च मोटो तथा दुइ पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो तथा ३/८ इन्च मोटो हुनु पर्दछ ।

नम्बर प्लेटको चारै तिर १/२ इन्च मोटरसाइकल स्कूटर आदिको प्लेटमा १/४ इन्च छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बिचको दूरी कम्तिमा १/४ इन्च तथा तल्लो र माथिल्लो लाईनको दुरी कम्तिमा १/२ इन्च  हुनु पर्ने नियम रहेको छ । 


Back_to_top