काठमाडौं । जर्मन लग्जरी कार निर्माता कम्पनी बिएमडब्ल्यूका कारहरु काठमाडौंमा देखिएका छन् । यी कारहरु अबको केही समयपछि बिक्री वितरण सुरु हुने अनुमान गरिएको छ ।
मेरोअटो टीमले काठमाडौमा ल्याएर राखिएको अवस्थामा यी कारहरु फेला पारेको हो । बिएमडब्ल्यूको लागि नेपालको आधिकारीक वितरक रहेको लक्ष्मी प्रिमियमले यी कारहरु नेपाल ल्याएको हो ।
कम्पनीले तीनकुनेमा विश्वस्तरिय शोरुम निर्माण गरिरहेको छ । उक्त शोरुमबाट यी गाडीहरु बिक्री वितरण हुने जनाइएको छ ।

कम्पनीले अहिले एक यूनिट मात्र बिएमडब्ल्यू सेभेन सिरिज ल्याएको छ भने अन्य मोडलमा बिएमडब्ल्यू एक्स-१, एक्स-२ र एक्स-३ मोडल रहेका छन् ।
नेपाल ल्याइएको बिएमडब्लू सेभेन सिरिज ‘७४० एलई एक्सड्राइभ’ मोडल प्लगइन हाइब्रिड टेक्नोलोजी प्रयोग भएको लग्जरी कार हो । यसलाई एकपटकको फुलचार्जमा ४० किलोमिटर गुडाउन सकिन्छ भने ४६ लिटर इन्धन अट्ने फ्यूल ट्याङ्क दिइएको छ ।
यी बाहेक अन्य केही मोडल केही दिन भित्रै नेपाल आउने क्रममा रहेका छन् । सबै गाडी नेपाल आएपछि यसको आधिकारीक बिक्री वितरण सुरु गर्ने तयारीमा कम्पनी रहेको बझिएको छ ।

