काठमाडौं । नेपाल आएको लामो समय भएको बीएमडब्ल्यूको आधिकारी सार्वजनिक हुन सकेको छैन । यद्यपी कम्पनीले शोरुमबाट गाडीको बिक्री भने सुरु गरेको छ । लक्ष्मी प्रिमियमले बीएमडब्ल्यूका कार नेपाली बजारमा ल्याएको हो ।
लामो लकडाउनकाे समस्याका कारण यसको आधिकारीक ब्राण्ड लञ्च बिनानै कम्पनीले गाडी बिक्री सुरु गरेको हो । यसबीचमा केही यूनिट कारको बिक्री समेत गरिसकेको बुझिएको छ ।
विश्व प्रसिद्ध कार उत्पादक बीएमडब्ल्यूका जर्मनी र अमेरिकी प्लान्टमा उत्पादन भएका कार नेपाली बजारमा आएका छन् । यस्तोमा प्रिमियम ब्राण्डका लग्जरी गाडीमा धेरैको आकर्षण रहनु स्वभाविक हो ।

कम्पनीले अहिले ६ मोडलका कार नेपाली बजारमा बिक्री वितरण गरिरहेको भएपनि हामीले ‘बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिड’को विषयमा जानकारी दिन गइरहेका छौं ।
इन्जिन
यसमा ३.० लिटरको बीएमडब्ल्यू ट्वीन पावर टर्बो इनलाइन ६ सिलिण्डर पेट्रोल इन्जिन रहेको छ । २९९८ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम ५००० देखि ६००० आरपीएममा २८६ हर्सपावर प्रदान गर्छ । यसले १५०० देखि ३५०० आरपीएममा ४५० एनएम टर्क प्रदान गर्छ ।
यसमा दिइएको इलेक्ट्रीक मोटरले ११३ हर्स पावर र २६५ एनएम टर्क प्रदान गर्छ । इन्जिन र इलेक्ट्रीक मोटरको कम्बाइन पावर ३९४ हर्सपावर र टर्क ६०० एनएम सम्म रहेको छ । यसलाई पूर्ण इलेक्ट्रीक मोडमा ७७ किलोमिटर चलाउन सकिन्छ ।

एक्सटेरियर
बीएमडब्ल्यूको चर्चित ग्रिल र आकर्षक डिजाइनले जो कोहीलाई मोहित बनाउँछ । यसमा एडब्टीभ एलइडी लाइट, हाइबिम एसिस्टेन्स, एलइडी फगलाइट, एलइडी रियर लाइट, आल्मुनियम रनिङ लाइट, आल्मुनियम स्टायडर्ड रुफरेल, क्राेम फिनिसिङ सहितको दुई एगजष्ट जस्ता विशेषता पाउन सकिन्छ ।
इन्टेरियर
निकै बोल्ड र बक्सी डिजाइनमा तयार भएको बीएमडब्ल्यूको यस माेडलकाे इन्टेरियर पनि उत्कृष्ट रहेको छ । कफी कलर लेदरले तयार पारिएको ड्यास बोर्ड, विभिन्न स्थानमा प्रयोग भएको ग्लासले यसको इन्टेरियरलाई थप चम्किलो बनाएको छ ।
४ फरक क्षेत्रमा छुट्टा छुट्टै वातावरण तयार गर्न सक्ने अटोमेटिक एसी, अटोमेटिक एयर रिसर्कुलेस, बीएमडब्ल्यू डिस्प्ले की, पानारोमा ग्लास रुफ, एम्बीयन्ट लाइट, अटोमेटिक स्टार्ट स्टप, रेन सेन्सिङ वाइपर र अटोमेटिक ड्राइभिङ लाइट, इलेक्ट्रीक विन्डो, रोलर सन व्लाइन्ड, रियर साइड विन्डो, स्पोर्टस लेदर सिट, फलो मी होम फङ्सन, एम लेदर स्टेरिङ ह्वील, ट्राभल एण्ड कम्फर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेका छन् ।

ड्राइभिङ मोड र अन्य सुविधा
यसमा ४ ड्राइभिङ मोड दिइएको छ । जसमा कम्फर्ट, इको प्रो, स्पोर्टस र एडप्ट मोडल दिइएको छ । चालकले आफ्नो आवश्यकता अनुसार छनोट गरेर चलाउन सक्ने छन् ।
यसमा रहेको एडप्टीभ एयर सस्पेन्सन आवश्यकता अनुसार आफैँ एड्जस्ट गर्न मिल्ने रहेको छ । यसमा अलह्वील ड्राइभ सिस्टम,भेरियवल टर्क डिस्ट्रीव्यूसन, हिल डिसेन्ट कन्ट्रोल, ब्रेकिङ फङसनको साथ क्रुज कन्ट्रोल, इ ड्राइभ बटम, स्पीड लिमिटर, एबीएस, डाइनामिक स्टेविलिटी कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ ।
सुरक्षा फिचर
बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिड निकै सुरक्षीत एसयुभी हो । यसमा अगाडिको चालक र पेसेन्जरको लागि टाउको, घुडा र साइडमा समेत एयरव्याग दिइएको छ ।
पार्किङ एसिस्टेन्स प्लस, क्रयास सेन्सर, आइएसओ फिक्स चाइल्ड सिट, साइड इम्प्याक्ट प्रोटेक्सन, इलेक्ट्रोनिक्स पार्किङ ब्रेक, टायर प्रेसर इन्डिकेटर, अटोमेटिक लक जस्ता फिचर रहेको छ ।

यसमा एसयुभीमा कम्पनीले २० इन्चको भी स्पोक स्टाइल लाइट अलोय ह्वील दिइएको छ ।
सूचना र मनोरञ्जनका फिचर
बीएमडब्ल्यू लाइभ ककपीट प्रोफेनल १२.३ इन्चको कन्ट्रोल डिस्प्ले, आई ड्राइभर कन्ट्राेलर, हर्मनकाे सराउन्ड साउन्ड सिस्टम यसमा दिइएको छ ।
मूल्य
बीएमडब्ल्यू एक्स५ एक्सड्राइभ ४५ई प्लगइन हाइब्रिडको मूल्य ४ करोड १५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


