इलेक्ट्रीक स्कुटरमा २० हजार नगद छुट

काठमाडौं । स्टायलिस इलेक्ट्रील स्कुटर एनआईयूका लागि नेपालको आधिकारिक वितरक इन्फिनिटी नेपालले एक्सचेन्ज फेस्टिभल अफर सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको योजना अन्तर्गत ग्राहकले एनआईयूका कुनै पनि स्कुटरको खरिदमा नगद २० हजार रुपैयाँ छुट प्राप्त गर्ने छन् ।

यसका साथै यो योजनमा ग्राहकले नगद छुटका साथै एक बर्षको रोड ट्याक्स तथा एनआइयू एशोसरिजहरु निःशुल्क प्राप्त गर्ने छन् । यसका अलावा लक्की ड्र मार्फत ५० हजारसम्म जित्न सक्ने छन् ।

एनआइयूका स्कुटरमा फाइनान्सको सुबिधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसमा नबिल बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सेन्चुरी बैंक र मेघा बैंक रहेको छन् । यो अफर कम्पनीको आधिकारीक शोरुम नक्साल र माइतीघरमा उपलब्ध रहेको छ ।


Back_to_top