सेग्मेन्ट फर्स्ट फिचरको साथ आकर्षक स्कीममा नयाँ RTR 200 4V

काठमाडौं । टीभीएस आरटीआर २०० फोर भी कनेक्ट फिचरको साथ नेपाली बजारमा सार्वजनिक भएको धेरै भएको छैन । भदौको पहिलो साता सार्वजनिक भएको यो मोटरसाइकल डिजिटल प्ल्याटफर्मबाट सार्वजनिक गरिएको थियो । त्यसपछि निषेधाज्ञा जारी भएका कारण ग्राहकले यसलाई खरिद गर्न पाएका थिएनन् ।

कम्पनीले ३ लाख ३९ हजार ९०० रुपैयाँ मूल्य तोकेर बजारमा बिक्री सुरु गरेको नयाँ आरटीआर फोर भीले बजाज पल्सर एनएस २०० सँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

फिचरका हिसावले थुप्रै सेग्मेन्ट फर्स्ट फिचरको साथ आएको नयाँ आरटीआर २०० फोर भी पावर र स्टाईल खोज्नेहरुको लागि उत्कृष्ट मोटरसाइकल हो । यसमा थप भएको एबीएस र कनेक्ट फिचरले यसलाई थप सुरक्षीत र हाइटेक बनाएको छ ।

नगद छुट

कम्पनीले सार्वजनिक गरेको दशैंको आशा स्कीममा नगद छुट दिएको छ । कम्पनीले नगदमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई ९ हजार रुपैयाँ नगद छुट प्रादान गर्ने छ । नगदमा यो मोटरसाइकल किन्ने ग्राहकले ३ लाख ३० हजार ९०० रुपैयाँ तिरेर आरटीआर २०० स्मार्ट कनेन्ट घर लैजान सक्नेछन् । फाइनान्स सुबिधा प्रयोग गर्ने ग्राहकले भने नगद छुट नपाउने कम्पनीले जनाएको छ ।

शून्य प्रतिशत व्याजदर

शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ३ लाख ३० हजार ९०० को ५० प्रतिशतले हुन आउने १ लाख ६९ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्ने छ । बाँकी रकम १८ महिना भित्र मासिक ९ हजार ४४२ रुपैयाँका दरले किस्ता तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् । यो स्कीममा ग्राहकलले व्याज तिर्नु पर्दैन ।

यस्तो छ मोटरसाइकल

आरटीआर २०० फोर भीमा १९७.८ सीसी सिगंल सिलिन्डर, फोर भल्भ, एफआई, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर र १६.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ भने स्लिपर कल्च उपलब्ध रहेको छ ।

यस्तै टीभीएसले यसमा स्मार्ट कनेक्टेड फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल दिएको छ । यसअधि कम्पनीले यो स्मार्ट कनेक्टेड इन्स्टुमेन्ट कन्सोल आरआर ३१० तथा स्कुटर अफ दि इयर बिजेता एनटर्क १२५ मा दिएको थियो । यो कन्सोललाई कम्पनीले अझ स्मार्ट बनाएर आरटीआर २०० फोर भीमा दिएको छ ।

यसमा चालकले आफ्नो स्मार्ट फोन कनेक्ट गरेर फोन कल, एसएसम, हेलमेट वार्निङ, टर्न वाइ टर्न नेभिगेसन जस्ता सुबिधा उपयोग गर्न सक्नेछन् । यसका अलावा यसमा स्पीडोमिटर, टेकोमिटर, गियर इन्डिकेटर, लो फ्यूल वार्निङ, रियल टाइम क्लक जस्ता फिचर रहेको छ ।


Back_to_top