सेग्मेन्ट लिडर फिचरको साथ नेपाल आउँदै ब्रेजा, मूल्य कति ?

काठमाडौं । मारुती सुजुकी ब्रेजाको नयाँ जेनेरेशन मोडल नेपाल आउने भएको छ । सिजी मोटोकर्पले नेपाल ल्याउने ब्रेजा चाँडै नेपाल आउने जानकारी विभिन्न डिलरहरुले शोसल मिडियामा गरेको पोष्टहरुबाट अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकी ब्रेजाको फेसलिफ्ट मोडल २०२० को अन्त्यमा नेपाल आएसँगै यसको विक्री निकै उछाल आएको थियो । सन् २०२१ मा मात्रै करिब २ हजार यूनिट ब्रेजा आयात भएको थियो ।

लामो आयात प्रतिबन्धको कारण नेपाल आउन नपाएको नयाँ जेनेरेशन ब्रेजामा थुप्रै सेग्मेन्ट फस्ट फिचर दिइएको छ । पहिलो पटक ब्रेजामा सनरुफ पनि ग्राहकले पाउने छन् ।

पहिलेभन्दा ठूलो ९ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको ब्रेजामा एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने स्मार्ट प्रो प्लस सिस्टम उपलब्ध छ । कनेक्ट कार टेकसहितको एलेक्सा सपोर्ट गर्ने नयाँ ब्रेजामा अमेजन एलेक्साको सहयोगमा धेरै टेक्नोलोजीमा आधारित फिचर चलाउन सकिने छ । कम्पनीले यसको सुरुवाती मूल्य ४८ लाखदेखि टप भेरियन्टको मूल्य ५९ लाख हाराहारी तोक्ने अनुमान गर्न सकिन्छ ।

ब्रेजामा रहेको सेग्मेन्ट फस्ट फिचरहरु

१. मारुती सुजुकी ब्रेजा सेग्मेन्टकै सर्वाधिक ठूलो इन्जिन भएको सब फोर मिटर एसयूभी हो । यसमा १.५ लिटर क्षमताको नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०३ पीएस पावर र १३७ एनएम टर्क प्रदान गर्छ ।

२. माइलेजमा पनि ब्रेजा सेग्मेन्टको लिडर हो । मारुती सुजुकीले यसमा पहिलो पटक माइल्ड हाइब्रिड टेक्नोलोजी प्रदान गरेको छ । जसको कारण यसको माइलेज भारतीय अटोमोटीभ रिसर्च इन्ट्रीच्यूटका अनुसार २०.१५ किलोमिटरसम्म रहने छ ।

३. नयाँ जेनेरेशन ब्रेजामा ग्राहकले हेडअप डिस्प्ले पाउने छन् । हेडअप डिस्प्ले रहेको ब्रेजा सेग्मेन्टकै पहिलो मोडल हो ।

४. सुरक्षाको हिसावले पनि ब्रेजा सेग्मेन्टकै उत्कृष्ट बनाउन खजिएको छ । नयाँ ब्रेजामा ३६० डिग्री क्यामेरा, ६ वटा एयरव्याग जस्ता फिचर दिइएको छ ।


Back_to_top