काठमाडौं । होन्डा मोटरसाइकलको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार अधिकांश मोटरसाइकलको मूल्य वृद्धि भएको हो ।
होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले नयाँ मूल्यसूची सार्वजनिक गर्दै १ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको हो ।
कम्पनीले ३ मोडलका स्कुटर डिओ, एक्टीभा र ग्राजियामा मूल्य वृद्धि गरेको छ । कम्पनीले तीन मोडलका स्कुटरको ६ भेरियन्टमा नै मूल्य वृद्धि गरेको हो ।
त्यस्तै, मोटरसाइकलतर्फ सिबी साइन र एसपी साइन तथा एक्सब्लेड र सिबी हर्नेटमा मूल्य वृद्धि गरेको छ । सबैभन्दा धेरै मूल्य वृद्धि हुनेमा साइनको चारै भेरियन्ट पर्छ । साइनका सबै भेरियन्टमा ४ हजारका दरले मूल्य वृद्धि गरिएको छ ।
स्कुटरका ५ भेरियन्ट र सीबी हर्नेटमा १/१ हजारले मूल्य बढाइएको हो । एक्सब्लेड एसटीडीको मूल्य ३ हजार र होन्डा ग्राजिया डिएलएक्स बीएस ४ को मूल्य २ हजार रुपैयाँले बढेको छ ।
नयाँ मूल्यसूची अनुसार होन्डा डिओ एसटीडीको नयाँ मूल्य २ लाख १८ हजार ९००, डिओ डीएलएक्सको २ लाख २८ हजार ९०० रुपैयाँ, एक्टीभा एसटीडीको २ लाख ४३ हजार ९०० रुपैयाँ, एक्टीभा डिएलएक्सको मूल्य २ लाख ५२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, ग्राजिया एसटीडी बीएस ४ को मूल्य २ लाख ३८ हजार ९०० रुपैयाँ र ग्राजिया डिएलएक्स बीएस ४ को मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरी मोटरसाइकलतर्फ सिबी साइन डिआरएसको नयाँ मूल्य २ लाख ५३ हजार ९०० रुपैयाँ, सिबी साइन डिडिएसको २ लाख ६३ हजार ९०० रुपैयाँ, साइन एसपी डिआरएसको मूल्य २ लाख ७३ हजार ९०० रुपैयाँ, साइन एसपी डिएसएसको २ लाख ८३ हजार ९०० रुपैयाँ रहेको छ ।
होन्डा एक्सब्लेडको मूल्य ३ लाख ४५ हजार ९०० रुपैयाँ र सिबी हर्नेटको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ पुगेको छ ।


