एमबीपीले दक्षिण एशियाली बजारमा ल्याउदै नयाँ मोटरसाइकल, यस्ता छन् फिचर

काठमाडौं । इटालीयन ब्राण्डको चीनमा निर्मित एमबीपी ब्राण्डले नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । भारतमा हुने अटो एक्स्पो २०२३ बाट दक्षिण एशियाको बजारलाई उपयुक्त हुने ‘एम ५०२ एन’ मोडल सार्वजनिक गर्न लागेको हो ।

झट्ट हेर्दा होन्डा सीबी ५०० एफ जस्तै देखिने नेकेड स्पोर्टस मोटरसाइकल एम ५०२ एन भारतमा अदिश्वर अटो राइड इन्डिया प्रालिले विक्री वितरण गर्नेछ । अदिश्वर अटोले भारतमा ५ ब्रान्डका चिनियाँ मोटरसाइकल विक्री गर्दै आएको छ ।

एमबीपी ब्रान्डको मिडसाइज नेकेड मोटरसाइकल एम ५०२ एनमा ४८६ सीसी ट्वीन सिलिन्डर इन्जिन रहेको छ । एमबीपी एम ५०२ एनमा रहेको इन्जिनले ५१ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यो मोटरसाइकलमा अल एलइडी लाइट, ४.२ इन्च टीएफटी डिस्प्ले, प्रिलोड एडजष्टएवल इन्भर्टेड फर्क तथा मोनाशक, १७ लिटर क्षमताको इन्धन ट्याङ्की पाउन सकिन्छ । आधुनिक मोटरसाइकलमा रहेको सबै किसिमका सुविधा उपलब्ध यो मोटरसाइकलको मूल्य लगायतका विषयमा केही कुरा बाहिर आएका छैनन् ।


Back_to_top