ब्रेजाले पुरा गर्‍यो १० लाख यूनिट बिक्री, नेपालमा पनि बलियो उपस्थिति

काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गरेको ब्रेजाले १० लाख यूनिट बिक्री पुरा गरेको छ । कम्पनीले उत्पादन सुरु भएको ७ वर्ष ८ महिनामा १० लाख यूनिट बिक्री गर्न सफल भएको हो ।

बजारमा आएपछि सन् २०२० र २०२३ मा ब्रेजाको अपग्रेड भएको छ । सुरुमा डिजेल इन्जिनमा मात्रै उपलब्ध ब्रेजा अहिले पेट्रोल र हाइब्रिड इन्जिनमा उपलब्ध छ ।

अहिलेसम्म औषत दैनिक ४९७ यूनिट ब्रेजा बिक्री हुँदै आएको सुजुकी इन्डियाले जनाएको छ । भारतमा निकै प्रतिस्पर्धी मानिने सब फोर मिटर सेग्मेन्टमा उपलब्ध ब्रेजाको सफलता निकै लोभलाग्दो देखिन्छ ।

अहिले पनि टाटा नेक्नस, हुन्डाई भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनो काइगर जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा रहेको छ ।

भारतमा निकै सफल मानिएको ब्रेजाले पनि नेपालमा पनि निकै राम्रो ब्यापर गर्न सफल भएको थियो । अहिले इलेक्ट्रीक कारको माग बढेको कारण केही ‘स्लो’ भएको छ । तर, सन् २०१६ देखि २०२१ मा ब्रेजाले निकै राम्रो बिक्री पाएको थियो ।


Back_to_top