फास्ट ट्रयाकलाई २२ अर्व ५० करोड बजेट, हाइवे ४ लेनमा बिस्तार गरिने

काठमाडौं । सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आज संघिय संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेटमा पूर्व–पश्चिम राजमार्ग ४ लेनमा स्तरोन्ती गर्न ३ अर्व ३२ करोड र फास्ट ट्रयाक निर्माणको लागि २२ अर्ब ५० करोड विनियोजन गरिएको छ ।

त्यसैगरी विभिन्न राजमार्ग निर्माण, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, कर्णाली करिडोर, तमोर करिडोर, बालाजु पिपल्टार, गल्छी–केरुङ, कर्णली करिडोर, अरुण करिडोर जस्ता राष्ट्रिय महत्वका राजमार्ग निर्माणमा बजेट ब्यवस्था गरिएको छ ।

सडक पूर्वाधार, १५० वटा पुल निर्माण, बेसिशहर मनाङ सडक निर्माण, हुम्लामा सडक संजाल जोड्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले बताए । आगामी आर्थिक वर्षको लागि १ खर्ब ३९ अर्व रुपैयाँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विनियोज गरिएको छ ।

सुरुङ मार्ग निर्माण, उपत्यका वरपरको सडक विस्तार गर्न पनि बजेटले प्राथमिकतामा राखेको छ ।


Back_to_top