बुगाटीले बनायो ‘बेबी–आइआइ’ इलेक्ट्रीक कार, यस्ता छन् विशेषता

फ्रान्सेली रेसिङ कार उत्पादक कम्पनी बुगाटीले बालबालिका समेतले चलाउन सक्ने इलेक्ट्रीक कार बनाएको छ । बच्चा र ठूला मानिसले समेत चलाउन मिल्ने बुगाटीद्वारा निर्मित ‘बेबी–आइआइ’ कार विशेषगरी बालबालिका लक्षित रहेको छ ।

बुगाटी बेबी–आइआइको थ्री–क्वाटर्स–साइज रिप्लिका टाइप ३५ भने ठूला मानिसले समेत चलाउन मिल्छ । 

क्वाड–टर्बो डब्ल्यू–१६ ८.० लिटर इन्जिनले १ हजार ४७९ एचपी पावर उत्पादन गर्ने फुलसाइज बुगाटी कार उत्पादन गर्दै आएको कम्पनीले बनाएको नयाँ बेबी–आइआइले चाइल्ड मोडमा १.३ एची पावर मात्र उत्पादन गर्छ । यो कार पूर्णत इलेक्ट्रीक कार हो ।

इलेक्ट्रोनिकल्ली नियन्त्रण हुने सो कारको अधिकतम गति प्रतिघण्टा २० किलोमिटर रहेको छ । तर यो कार एडल्ट मोडमासमेत गुडाउन मिल्छ । यो मोडमा गाडीको पावर बढाएर ५ एचपीसम्म पुर्याउन मिल्छ र अधिकतम गति ४५ किलोमिटर प्रतिघन्टा पुग्छ ।

बुगाटी बेबी–आइआइमा आफ्नै स्पीड की रहेको छ । जसलाई चिरोन हाइपरकारबाट ल्याइएको हो । बुगाटीका सबै कार अल ह्वील ड्राइभमा उपलब्ध रहेका छन् । बेबी–आइआइ आरडब्लूडी लेआउटमा डिजाइन गरिएको छ ।

बेबी–आइआइमा रिमुभेवल लिथियम आयोन ब्याट्री, रिजेनेरेटिभ ब्रेकिङलगायत विशेषता रहेका छन् । यो कार बुगाटीले जेनेभा मोटर शो २०१९ मा सार्वजनिक गरेको हो । जेनेभामा शोकेस गरिएको उक्त कारमा हेडलाईट राखिएको छैन तर कम्पनीले उत्पादन गर्दा भने पावरफुल हेडलाइट लाख्ने जनाएको छ ।

बुगाटी बेबी–आइआइको मूल्य करिब ३३ हजार ८ सय अमेरिकी डलर पर्ने प्रारम्भिक अनुमान रहेको छ । कम्पनीले यो कारको बुकिङसमेत लिइ सकेकाले छिट्टै सार्वजनिक हुने अनुमान गरिएको छ । 


Back_to_top