होन्डा ड्रिम युगा अझ बढी सुरक्षीत

होन्डाले भारतीय बजारमा कम्बी ब्रेकिङ सिस्टम (सिबीएस) विशेषतासहित ड्रिम युगा र लिभो बाइकलाई सार्वजनिक गरेको छ । कम्पनीले नयाँ सुरुक्षा मापदन्ड अनुसार होन्डा ड्रिम युगा र लिभोमा सिबीएस ब्रेकिङ सिस्टम दिएको हो ।

कम्पनीले भारतीय बजारमा होन्डा ड्रिम युगाको मूल्य ५४ हजार ८०७ र लिभो सिबीएसको मुल्य ५७ हजार ५३९ भारु तोकेको छ । सिबीएसका अलवा दुबै मोटरसाइकलमा अन्य कुनै परिर्वतन गरिएको छैन । 

ड्रिम युगामा उपलब्ध १०९.१९ सीसीको एयर कुल्ड फोर स्ट्रोक इन्जिनले ७५ सय आरपीएममा ८.३१ बीएचपी पावरका साथै ७५ हजार आरपीएममा ९.०९ एनएम टर्क उत्पादन गर्छ । लिभोमा पनि सोही इन्जिन लगाइएको छ । यसको इन्जिनमा फोर स्पिड गियरबक्स लगाइएको छ । 

त्यस्तै, ड्रिम युगामा १३० एमएमको ड्रम ब्रेकमा दिइएको छ भने लिभोमा २४० एमएमको डिस्क ब्रेक दिइएको छ । ड्रिम युगा विशेषत बढी उमेरका ग्राहकलाई ध्यानमा राख्दै निर्माण गरिएको हो भने, लिभो नयाँपुस्तालाई ध्यानमा राख्दै निर्माण गरिएको हो । होन्डाको ड्रिम युगा नेपाली बजारमा स्याकार कम्पनीले बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top