काठमाडौं । बससेवाबाट बस र हवाई जहाजको टिकट खरिद गर्दा विभिन्न आकर्षक उपहार पाइने भएको छ ।
कम्पनीले ल्याएको नयाँ वर्ष २०८३ लक्षित योजनामा माउन्टेन फ्लाइट, बन्जीजम्प, प्याराग्लाइडिङ, फ्री बस टिक पाइने भएको हो ।
कम्पनीका अनुसार ‘न्यू यएर, न्यू एड्भेन्चर’ क्याम्पेन अन्तर्गत चैत २९ देखि वैशाख १५ गतेसम्म बस तथा हवाई जहाजको टिकक काट्नेमध्ये एकजनाले माउन्टेन फ्लाइटको अवसर पाउने छन् । कम्पनीले यति यएरलाइन्ससँगको सहकार्यमा ग्राहकलाई यो अवसर उपलब्ध गराउने भएको हो ।
त्यस्तै, दुई जनाले पोखरामा प्याराग्लाइडिङ र दुई जनाले बन्जीजम्प गर्ने अवसर पाउने छन् । साथै, उनीहरूले पोखरा जाने आउने बस टिकट समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।
अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई वर्षैभरी फ्री टिकट, क्यासब्याक लगायत विभिन्न छुट दिँदै आएको कम्पनीले जनाएको छ ।

