उत्कृष्ट सेकेन्डह्याण्ड कार छनोट गर्ने ५ तरिका

काठमाडौं । अहिले सबै लकडाउनमा बसेका छन् । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न एक महिनादेखि सरकारले लकडाउन गरेको अवस्थामा लकडाउन सकिएपछि सेकेन्डह्याण्ड भएपनि कार किनौ भन्ने सोचेर बस्नेका लागि हामी कस्तो कारको छनोट गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिदैछौं ।

अहिले नेपालमा रिकन्डिसन हाउसमा सबैभन्दा धेरै पाइने कारहरु हुन्डाई, मारुती सुजुकी, टाटा, फोर्ड, महिन्द्रा, टोयोटा र फक्सवागनको अलावा अन्य धेरै ब्राण्डका छन् । तर, यी मध्यपनि कुन र कसरी छनोट गर्ने भन्ने अन्योल तपाईहरुमा हुन सक्छ । त्यसैले हामीले केही छनोट गर्ने तरिका यहाँ प्रस्तुत गरेका छौं ।

गाडीको कन्डिसन हेर्नुस्ः तपाईले किन्न चाहेको गाडीको कन्डिसन सबैभन्दा महत्वपूर्ण हुन्छ । यदि कन्डिसको ध्यान नदिई तपाईले गाडी किन्नुभयो भने पछि ठूलो रकम बनाउन खर्च गर्नू पर्ने हुन्छ । त्यसले गाडीको इन्जिनको अवस्था, टायर, ड्यासबोर्डको अवस्था, सिट र गियरबक्सको अवस्था राम्रोसँग बुझ्नु पर्छ ।

तपाईमा यी कुरा छुट्टाउन सक्ने ज्ञान छैन भने टेष्ट ड्राइभको दौरान कुनै राम्रो वर्कसपमा लगेर गाडीको अवस्थाको विषमा जानकारी लिन सकिन्छ ।

कर लगायत विषयमा एकिन गर्नुस्ः तपाइले गाडीको कन्डिसन हेरेर चित्त बुझेको खण्डमा उक्त गाडीको बिलबुक, राजस्वको अवस्था लगायतका विषयमा एकिन गरेको खण्डमा पछि झमेला हुँदैन । यसका अलावा गाडीको प्रदुषण चेक लगायतका कागज पत्र हेर्नुपर्छ ।

सर्भिस सेन्टर र पार्टसको उपलब्धताः कहिलेकाही तपाई मनपरेको मोडलको उत्पादन बन्द भएको छ वा छैन भन्ने विषय जानकारी राख्नु पर्छ । यदि लामो समयअघि उक्त मोडल बन्द भएको छ भने त्यसलाई आवस्यक पार्टस बजारमा नभएको हुन सक्छ । साथै, तपाईले किन्ने गाडी कम्पनीले कहाँ कहाँ सर्भिस उपलब्ध गराएका छन् त्यसको जानकारी पनि आवस्यक हुन्छ ।

यदि राम्रो सर्भिस सेन्टर र पार्टस उपलब्ध छैन भने त्यस्तो गाडी नकिन्दा हुन्छ ।

सकभर आधिकारीक कम्पनीबाट किन्नुस्ः अहिले नेपालमा गाडी बिक्रेता कम्पनीहरुले पनि रिकन्डिसको सेवा दिन सुरु गरेका छन् । उनिहरुले खोलेका आधिकारीक बिक्री केन्द्रबाट गाडी किन्दा उचित सल्लाह पाउन सकिन्छ ।

मूल्य र आवस्यक रकमः रिकन्डिसन गाडी किन्न तपाईले कति बजेट छुट्टाउनु भएको छ । त्यहि अनुसारको गाडी छनोट गर्नुस् । रिकन्डिसन गाडीमा बैंक तथा फाइनान्स कम्पनीले लगानी गर्ने भएपनि धेरै कर्जा लिएर रिकन्डिसनमा गाडी किन्नु हुँदैन । त्यसले आफ्नो आम्दानी अनुसारको गाडी छनोट गरेको खण्डमा पछि धेरै दायित्व आउँदैन ।


Back_to_top