बीवाइडीको ईभी १० मिनेटमै ८० प्रतिशत चार्ज

काठमाडौं । विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी बीवाइडीले दुईवटा चार्जर एकैपटक जोड्न सकिने ईभी बनाएको छ ।

यो ईभी प्रयोग भएको आर्किटेक्चर र नयाँ जेनेरेशनकोे ब्याट्रीको चार्जिङ स्पीड सिक्स सी भएको बताइएको छ । सैद्धान्तिक रुपमा सिक्स सी भन्नाले १० मिनेटमा फुल चार्ज हुनु हो ।

बीवाइडीले हालै लन्च गरेको हान एल ईभीमा ड्युल गन चार्जिङ फिचर समेत दिएको छ । यसअघि बीवाइडीले आफ्नो प्रिमियम ब्राण्ड डेन्जामा ड्युल गन चार्जिङ फिचर दिएको थियो ।

बीवाइडीको हान एल सेडानले सुपर फास्ट चार्जिङ सपोर्ट गर्ने भएको हो । यो ईभी कम्पनीको नयाँ ९४५ भोल्ड आर्किटेक्चरमा बनेको छ । हान एल मा १०८.८ किलोवाट आवरको नयाँ जेनेरेशन ब्लेड ब्याट्री २.० प्रयोग भएको छ ।

हालै भएको एक परिक्षणमा हान एललाई एकैपटक दुईवटा चार्जरले चार्ज गर्दा माइनस ३० डिग्री टेम्प्रेचरमा पनि यो ईभीलाई १६ बाट शतप्रतिशत चार्ज हुन जम्मा २४ मिनेट लागेको थियो । चार्जिङको क्रममा १६ बाट ८० प्रतिशत चार्ज त झन १० मिनेटमै भएको थियो । तर ८० बाट १०० पुग्न भने थप १४ मिनेट लागेको हो । उक्त समयमा १२० किलोवाटको दुई चार्जरबाट चार्ज गरिएको थियो ।

पावरफुल रियर ह्वील ड्राइभ हान एलमा ५८० किलोवाटको मोटर दिएको छ । यो मोटरले ६७० हर्सपावर जेनेरेट गर्छ  । हान एलको अलह्वील ड्राइभ भर्सनमा त अझ १०८६ हर्सपावर जेनेरेट गर्ने  ८१० किलोवाटको डिउल मोटर सेटअप रहेको छ । यो कार जम्मा २.७ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।


Back_to_top