विश्वभर बिक्यो ५ लाख ‘एटो-३’, अझै कम मूल्यको च्याम्पीयन एडिसन आउने

काठमाडौं । बीवाइडीको ग्लोवल मोडल एटो-३ एसयूभीको उत्पादन ५ लाख यूनिट पुरा भएको छ । कम्पनीले उत्पादन सुरु गरेको १९ महिनामा नै एटो-३को उत्पादन ५ लाख कटेको हो ।

बीवाइडीले आफ्नो शोसल मिडिया मार्फत उत्पादन ५ लाख पुगेको घोषणा गरेको हो । बीवाइडी एटो-३ अष्ट्रेलियामा मात्रै १० हजार यूनिट बिक्री पुरा भएको छ । अहिलेसम्म अन्तर्राष्ट्रिय बजारमा एटो-३ को सबैभन्दा ठूलो बजार नै अष्ट्रेलिया हो । त्यसबाहेक बेलायत, जापान, भारत, नेपाल लगायतका थुप्रै देशमा एटो-३ बिक्री हुँदै आएको छ ।

बीवाइडीले एटो-३ को पहिलो उत्पादन सन् २०२२ फेबु्रअरीबाट सुरु गरेको थियो । कम्पनीले चीनमा एटो-३ लाई ‘बीवाइडी युवान प्लस’ नाम दिएर बिक्री गर्दै आएको छ ।

चीनमा एटो-३ अहिलेसम्म ३ लाख ५९ हजार यूनिट बिक्री भएको छ । त्यसबाहेकको अरु १ लाख २ हजार यूनिट निर्यात भएको छ । बाँकी यूनिट सेप्टेक्बर लागेपछि बिक्री भएको हो । अहिले बीवाइडी एटो-३ विश्वका ५५ देशमा बिक्री हुँदै आएको छ ।

यसको चीन र अन्तर्राष्ट्रिय बजारमा बिक्री रेसियो ७८ प्रतिशत र २२ प्रतिशत रहेको छ । बीवाइडीले एटो-३ लाई अन्तर्राष्ट्रिय बजारको रुपमा अष्ट्रेलियाबाट बिक्री सुरु गरेको थियो ।

बीवाइडीको ई प्ल्याटफर्म ३.० मा बनेको एटो-३ को इफिसीयन्सी र सेफ्टी एकदमै राम्रो रहेको छ । यसमा प्रयोग भएको व्लेड ब्याट्री विश्वको सबैभन्दा सुरक्षीत ब्याट्री मानिन्छ ।

च्याम्पीयन एडिसन आउने

बीवाइडीले उत्पादनको ५ लाख यूनिट पुरा गरेको उपलक्षमा नयाँ च्याम्पियन एडिसन लन्च गर्ने घोषणा गरेको छ । च्याम्पीयन एडिसनको एटो-३ अहिले बजारमा उपलब्ध रहेको मोडल कै डिजाइनमा रहेता पनि मूल्य भने कम हुने जनाइएको छ ।

च्याम्पीयन एडिसनमा बीवाइडीको लेटेस्ट ड्रागन फेस ३.० डिजाइन ल्याङ्वेजमा नै आधारित हुनेछ । सिल्भर डेकोरेटिभ प्यानल सहितको फुल्ली इनक्लोज ग्रिल तथा दुबै साइडमा स्लेन्टर एलइडी हेडलाइट यसमा रहनेछ ।

नयाँ एडिसनको कारको एक्टेरियर कलर भने अक्सीजन ब्लु र रिदमिक पर्पलको रहनेछ । समान साइज तथा प्ल्याटफर्ममा बन्ने च्याम्पीयन अटो-३ मा ब्याट्री साइज भने ४९.९२ किलोवाट आवरको रहनेछ ।


Back_to_top