टीभीएसले अपाचे आरटीआर २०० मा आधारित स्पोर्टस मोटरसाइकल ल्याउँदै

काठमाडौं । टीभीएसले ३१० सीसी नेकेड आरटीआर ३१० सार्वजनिक गरेसँगै नयाँ मोटरसाइकल आरआर २०० सार्वजनिक गर्ने हल्ला चलेको छ ।

कम्पनीले अपाचे आरटीआर २०० मा आधारित फियर्ड भर्सन आरआर २०० ल्याउन रुमर फैलिएको हो ।

टीभीएस मोटर्स कम्पनीको आधिकारिक सोसल मिडियाल पेजले अपाचे आरआर २०० आउन सक्ने संकेत गरेको हो ।

इन्ट्री लेभल स्पोर्टस मोटरसाइकल सेग्मेन्टमा यामाहा, हिरो र बजाजसँग यस अघि नै मोटरसाइकल उपलब्ध रहेको छ । हिरोले हालै मात्र १ ला ७३ हजार भारतीय मूल्यमा करिज्मा सार्वजनिक गरेको हो ।

योसँगै टीभीएसले आरआर २०० ल्याउन सक्ने अनुमान गरिएको छ । टीभीएससँग २०० सीसी इन्जिन प्लेटफर्म उपलब्ध रहेको छ आरआर ३१० को कम्पोनेन्ट लिएर आरआर २०० ल्याउन सक्ने सजिलै अनुमान गर्न सकिन्छ ।

टीभीएससँग भएको २०० सीसी इन्जिनले २०।८२ हर्सपावर तथा १७।२५ एनएम टर्क जेनेरेट गर्छ । कम्पनीले विभिन्न राइड मोड सहितको अपाचे आरआर २०० मा आरआर ३१० को धेरै फिचर उपलब्ध हुनेछ ।


Back_to_top