बीवाइडी र एमजीले ल्यायो नयाँ एडिसन

काठमाडौं । चिनियाँ ब्राण्डहरुले आफ्नो मोडलहरुको सफलतासँगै नयाँ एडिसनहरु बजारमा ल्याउन थालेका छन् । बीवाइडीले आफ्नो सर्वाधिक सफल मोडल डल्फीनको च्याम्पीयन एडिसन ल्याएको हो ।

त्यसैगरी एसएआईसी समूहको एमजीले ‘साइबस्टर रेड टप’ एडिसन बजारमा ल्याएको हो । तत्कालको ललागि यी दुबै मोडल चिनियाँ बजारमा मात्रै उपलब्ध भएका छन् । चाँडै अन्तर्राष्ट्रिय बजारमा पनि उपलब्ध हुनेछ ।

मूल्यको हिसावले बीवाइडी डल्फीनको च्याम्पीयन एडिसन सस्तो हुनेछ । कम्पनीले यसको मूल्य केही दिनमा नै घोषणा गर्ने छ । यसमा अहिलेकै जस्तो ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । ब्याट्री अप्सन भने ४५ र ६० किलोवाट आवर क्षमतामा दिएको छ । यसको रेन्ज ४२० देखि ५२० किलोमिटरसम्म रहने छ ।

बीवाइडीले आफ्नो सफल ह्याचव्याकमा ब्याट्री बाहेक अन्य फिचरहरु परिमार्जन गरेको छैन । यद्यपि, कस्मेटीम परिमार्जन भने पाउन सकिन्छ ।

मूल्यका हिसावले एमजी साइबस्टर रेड टप एडिसन महंगो छ । यसको मूल्य ५१ हजार ५०० अमेरिकी डलर कायम गरिएको छ । यसको रेगुलर मोडलको मूल्य ४५ हजार १०० डलरबाट सुरु भएको थियो । यो कन्भर्टेवल स्पोर्टस् कार अहिले चीन र यूरोपमा निकै चर्चित बन्दै गएको छ ।

एमजीले साइबस्टरमा ४०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसमा रहेको ७७ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ५२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।


Back_to_top