नेपाली कार बजारमा नयाँ टेष्ट बन्यो ‘डल्फीन’, कुन महिना कति आयात ?

काठमाडौं । सामान्य फिचर र कम्प्याक्ट साइजका कारहरुको मूल्य नै ४० लाख हाराहारी पुगेको नेपाली कार बजारमा बीवाइडी डल्फीनले नयाँ टेष्ट प्रदान गर्न सफल भएको छ । ४० लाखभन्दा कम मूल्यमा नै पाइने डल्फीन फिचर लोडेड भएको कारण बिक्रीमा रेकर्ड बनाउन सफल भएको हो ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले भदौ अन्तिम साता भएको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको डल्फीन असोजबाट आयात भएको हो । कम्पनीले असोज महिनामा २३ यूनिट, कार्तिकमा ६९, मंसिरमा १०६, पुसमा ३५२ र माघमा १०० यूनिट डल्फीन नेपाल ल्याएको देखिन्छ ।

पाँच महिनामा कुल ६५० यूनिट आयात भएको बीवाइडी डल्फीन सेग्मेन्ट फस्ट फिचरको कारण धेरैको रोजाइमा पर्न सफल भएको हो । यसको सबैभन्दा बलियो पक्ष एडास फिचर हो । नेपाली बजारमा उपलब्ध कुनै पनि ब्राण्डले ५० लाखभन्दा कम मूल्यको गाडीमा एडास फिचर अफर गरेका छैनन् ।

निकै स्टाइलिस क्याविन, आरामदायी सिट, ३६० डिग्री क्यामेरा, ड्यासबोर्डमा दिइएको रोटेट इन्फोटेन्टमेन्ट सिस्टम, प्रसस्थ स्थान भएको सेन्टर कन्सोल, मोर्डन स्टेरिङ ह्वील जस्ता फिचरले लग्जरी कारको अनुभूति गराउँछ ।

डल्फीनले सहजै ग्राहक पाउनुमा बीवाइडीको ब्लेट ब्याट्रीको भूमिका पनि महत्वपूर्ण मान्न सकिन्छ । सुरक्षाको हिसावले अब्बल मानिएको एलएफपी ब्लेड ब्याट्री, रेन्जको मामलामा पनि उत्कृष्ट छ । हामीले गरेको टेष्ट ड्राइभमा सिंगल चार्जमा ३४० किलोमिटर माथि रेन्ज प्रदान गरेको थियो । डल्फीनमा ४५ किलोवाट आवरको ब्याट्री छ ।

हाम्रा सडकमा ७० किलोवाट (९५ पीएस) पावर भएको इलेक्ट्रीक मोटर काफी लाग्छ । त्यसमा इलेक्ट्रीकको इन्ट्यान्ट टर्कले पावरमा उत्कृष्ट लाग्छ ।

अष्ट्रेलियन र ग्लोबल एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको डल्फीनले एडल्ट प्यासेन्जर सुरक्षामा ८९ प्रतिशत अंक र चाइल्ड प्यासेन्जर सुरक्षामा ८६ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो । त्यसैले यूरोपका केहि देश र ब्राजिलमा पनि यसको बिक्री उच्च रहेको छ ।


Back_to_top