काठमाडौं । इटालीयन कार कम्पनी फियाटले कम मूल्यको विद्युतीय कार ल्याउने भएको छ । कम्पनीले एकै पटक ५ वटा रेट्रो स्टाइलको ईभीको कन्सेप्ट देखाएर बजेट कार ल्याउने जनाउ दिएको हो ।
फियाटले एकै पटक ईभीको सबै सेग्मेन्टलाई हुने गरेर ‘ईभी रेन्ज’ प्रस्तुत गरेको हो । कम्पनीले फियाट पाण्डा ईभी पनि यहि वर्षबाट युरोपियन बजारमा बिक्री शुरु गर्दैछ ।
फियाटको पहिलो आधुनिक ईभी मोडललाई ‘चिन्ड्रेन अफ दी पाण्डा’ नाम दिएको छ । यो कार आगामी जुलाईमा फियाटको १२५ औं वार्षिकउत्सवको अवसर पारेर बजारमा ल्याउन लागेको हो । त्यसपछि कम्पनीले सन् २०२७ सम्म प्रत्येक वर्ष कम्तीमा १ इलेक्ट्रीक कार लन्च गर्ने जनाएको छ ।
फियाटले कम्बस्चन, हाइब्रिड र प्योर ईभीका लागि एक संयुक्त आर्किटेक्चर निर्माण गरिरहेको छ । यो प्लेटफर्म स्टेलान्टीस ब्राण्ड सिट्रोनले प्रयोग गरिरहेको ‘कस्ट इफेक्टीभ स्मार्ट कार प्लेटफर्म’मा आधारित हुनेछ ।
फियाट पाण्डा ईभी
फियाटले आगामी जुनमा देखाउने अनुमान गरिएको पाण्डा ईभी एक रेट्रो फ्यूचरिस्टीक कन्सेप्ट भएको सिटी कार हो । यसको इन्स्पीरेसन भने १९८० को पाण्डा ४ बाइ ४ बाट लिएको छ । यो एक अल्ट्रा कम्प्याक्ट क्रसओभर डिजाइमा रहेको छ ।
कम्पनीले पाण्डा ईभीको ब्याट्री र मोटर पावरको बारेमा आधिकारीक रुपमा केहि पनि जानकारी दिएको छैन । यद्यपि, यसमा ११३ हर्सपावरको मोटर र ३०० किलोमिटरसम्म रेन्ज पाउन सकिने बताइन्छ । दुई साइजको ब्याट्री प्याक रहने अनुमान गरिएको कारको क्यावीनमा बाँस र अन्य रिसाइकल प्लास्टीक जस्ता बस्तुको प्रयोग हुनेछ ।
फियाटले देखाएको अन्य कन्सेप्टमा पीकअप, कम्प्याक्ट क्रसओभर, स्ट्रेटव्याक एसयूभी ( गिगा पाण्डा) एमपीभी र भ्यान छन् ।


