काठमाडौं । बीवाइडीले हाल इन्डोनेसियामा निर्माण गरिरहेको प्लाण्टबाट आगामी वर्षदेखि उत्पादन थालिने भएको छ ।
कम्पनीले उक्त प्लाण्ट सन् २०२५ को अन्त्यसम्ममा निर्माण सम्पन्न गरेर सन् २०२६ देखि उत्पादन थाल्ने योजना बनाएको हो ।
बीवाइडीले १ अर्ब डलर लगानी गरेको उक्त प्लाण्टको वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार युनिट रहेको छ ।
बीवाइडीले यसअघि थाइल्याण्डमा समेत प्लाण्ट बनाएको थियो । कम्पनी थाइल्याण्ड प्लाण्टको क्षमता पनि वार्षिक १ लाख ५० हजार युनिट नै रहेको छ । बीवाइडीको थाइल्याण्ड प्लाण्टबाट गत जुलाइदेखि नै उत्पादन सुरु भइसकेको छ ।
बीवाइडीले गत वर्ष इन्डोनेसियामा १५ हजार ४२९ युनिट गाडी बिक्री गरेको थियो । इन्डोनेसिया सरकारले देशमै प्लाण्ट बनाउने भएकोले इन्पोर्ट ड्युटी समेत छुट गरेको छ । बीवाइडीको इन्डोनेसियामा ३६ प्रतिशत मार्केट सेयर रहेको छ ।
बीवाइडीले इन्डोनेसियामा सन् २०२४ मा एटो ३, डल्फिन, सिल र एम६ इलेक्ट्रीक एमपीभी लन्च गरेको थियो । कम्पनीले यो वर्ष प्रिमियम ब्राण्ड डेन्जा समेत इन्डोनेसियमा लन्च गर्ने जनाएको छ ।


