काठमाडौं । भारतको नयाँ दिल्लीमा शुक्राबारदेखि सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा हिरोको बहुप्रतिक्षित मोटरसाइकल एक्सपल्स २१० सार्वजनिक भएको छ । हिरोले इटालीको मिलानमा प्रदर्शन गरेको मोटरसाइकल अहिले भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरेको हो ।
कम्पनीले वेस भेरियन्टको मूल्य १ लाख ७६ हजार भारतीय रुपैयाँ एक्स सोरुम मूल्य तोकेर सार्वजनिक गरेको हो ।
इटालीमा प्रदर्शन गरेसँगै जुन चर्चा यो मोटरसाइकलले पाएको थियो त्यो भने भारत मोबिलिटी एक्स्पोमा देख्न सकिएन । हिरो मोटोकर्पले स्टलको आधा भागनै एड्भेन्चर थेमममा तयार पारेको थियो । प्रडक्सन मोडलको रुपमा आएको एक्सपल्स २१० मार्चदेखि बिक्री सुरु हुने अनुमान गरिएको छ ।
कम्पनीले एक्सपल्स २१० लाई अझै एड्भेन्चर प्रेरित डिजाइनमा ल्याएको छ । कम्पनीले एक्सपल्सका लागि टूरिङ एसेसरिजसमेत तयार पारेको छ । एक्सपल्स २१० मा कम्पनीले नयाँ डिजाइनको टप र्याक, नयाँ विन्डसिल्ड, नयाँ फ्रन्ट बेक, नयाँ ब्रेकलाई, एलइडी इन्डिकेटर र नयाँ एक्जष्ट दिएको छ ।
यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिनले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

